गरिब, असहाय, विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गरिब, असहाय, विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा सुरु


१३ असार २०८०, बुधबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले विभिन्न अस्पतालका २ हजार २८ वटा बेडबाट निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुने जानकारी दिएका छन् ।

मन्त्रालयमा बुधवार आयोजित पत्रकार सम्मेलनमा उनले आफूले अनुगमनका क्रममा देशका विभिन्न अस्पतालबाट २ हजार भन्दाबढी बेड निःशुल्क प्राप्त गर्ने अवस्था निर्माण गरिएको बताए ।

उनले भने, ‘वीर हस्पिटलमा ७ सय वटा बेड, विराटनगरको कोशी अस्पतालमा ३ सय ३० निःशुल्क बेड, कान्ति बाल अस्पताल २ सय ४८ वटा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ६० वटा, परोपकार अस्पतालमा ४ सय ५०, राष्ट्रिय ट्रमा सेन्टरमा १ सय ५०, सहिद गंगालालमा ९० वटा गरेर २ हजार २८ वटा बेड निःशुल्क भएको घोषणा गरेका छौ ।’

उनले नेपालको संविधानले सबै नागरिकहरूको स्वास्थ्य सेवा उपलब्ध गराउने जिम्मेवारी राज्यको भएपनि व्यवहारमा पूर्ण रूपमा लागू भएको उल्लेख गर्दै अहिले त्यो अवस्थाबाट नेपाली जनता बाहिर आएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस