दाइजो माग्दै धम्क्याएको आरोपमा विवाहमण्डपबाटै बेहुला पक्राउ  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दाइजो माग्दै धम्क्याएको आरोपमा विवाहमण्डपबाटै बेहुला पक्राउ 


१२ असार २०८०, मंगलबार


काठमाडौँ । दाइजो माग्दै बेहुली पक्षलाई धम्क्याएको आरोपमा काठमाडौँको नक्सालबाट प्रहरीले मङ्गलवार बेहुलालाई पक्राउ गरेको छ।

सुनसरी दुहबी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडौँको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले विवाहमण्डपबाटै पक्राउ गरेको हो। 

नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले थप पचास लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने धम्की दिएका थिए। साथै, बेहुलीलाई हातपात र गाली बेइज्जती गरेका थिए। 

सोही सूचनाका आधारमा प्रहरी पुगेर बेहुलालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा केटापक्षले दाइजोबापत २२ लाख रुपैयाँ लिइसकेको समेत खुलेको छ। 

आफू अमेरिकी ग्रिनकार्ड प्राप्त व्यक्ति भएको भन्दै बेहुलाले दाइजो मागेका हुन्। उनलाई विवाहसम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिन थुनामा राखी अनुसन्धान गर्न म्याद लिइएको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस