वकिललाई सम्मानजनक स्थान दिन बारको ध्यानाकर्षण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वकिललाई सम्मानजनक स्थान दिन बारको ध्यानाकर्षण


१२ असार २०८०, मंगलबार


काठमाडौँ । नेपाल बार एशोसिएशनले न्यायाधीशको नियुक्ति गर्दा कानुन व्यवसायीहरूलाई सम्मानजनक स्थान दिन न्याय परिषद्‌को ध्यानाकर्षण गराएको छ।

बारले मंगलबार न्याय परिषद्लाई पत्र लेख्दै कानुन व्यवसायीको क्षेत्रबाट सम्मानजनक संख्यामा न्यायाधीश नियुक्त गर्न ध्यानाकर्षण गराएको हो।

‘न्याय परिषद्ले उच्च अदालतका न्यायाधीशहरू नियुक्ति गर्दा विगतका परम्पराहरू समेतलाई मध्यनजर गरी कानून व्यवसायीको क्षेत्रबाट सम्मानजनक संख्यामा नियुक्ति गर्नुहुन ने।बा। ए। न्याय परिषद्‌को ध्यानाकर्षण गर्न चाहन्छ,’ बारले भनेको छ।

न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्ले औपचारिक छलफल सुरु गरिसकेको छ। उच्च अदालतमा रिक्त ४६ र सर्वोच्चमा रिक्तमा ६ जना न्यायाधीश नियुक्तिका लागि न्यायापरिषदले सोमबार छलफल गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस