हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

हेटौँडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्ने तयारी 


१२ असार २०८०, मंगलबार


काठमाडौँ । बागमती प्रदेशको राजधानी हेटौँडामा रहेको हेटौँडा अस्पतालमा अबको ६ महिनाभित्र मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । 

मंगलबार हेटौँडामा भएको एक कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले सहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न लागेको बताए ।

अङ्ग दान र प्रत्यारोपणसम्बन्धी अन्तरक्रियामा मेसु सापकोटाले उक्त सेवा सुचारु गर्ने उद्देश्यले अस्पतालमा पूर्वाधार निर्माणको साथै आवश्यक उपकरण खरिद गरी सेवा सुचारु गर्ने अन्तिम चरणमा पुगेको बताए । 

उनले आगामी आर्थिक वर्षको बजेटमा पनि प्रदेश सरकारले प्रत्यारोपण सेवा शीर्षकमा चार करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिए । विगत तीन वर्षदेखि हेटौँडा अस्पतालमा डाइलाइसिस सेवा सुरु गरिएको जानकारी दिँदै उनले ५० भन्दा बढी मिर्गौलाका बिरामी डाइलाइसिसका लागि पालो कुर्नपर्ने बाध्यता रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस