झापामा हात्तीको आक्रमणले एक जनाको ज्यान गयो  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

झापामा हात्तीको आक्रमणले एक जनाको ज्यान गयो 


१२ असार २०८०, मंगलबार


काठमाडौँ । हात्तीले आक्रमण गर्दा झापाको हल्दिबारीका एक जना पुरुषको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार बिहान ४ बजे भद्रपुर नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष ५३ का गिरेन कर्मकारको मृत्यु भएको हो।

बिहानै उनी च्याउ टिप्न  गएका थिए। हल्दिबारी गाउँपालिका-२ को देउनिया खोलाको पुलबाट ३०० मिटर उत्तरमा सो घटना भएको हो।

कर्मकारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस