सिँचाइ विभागका सिडिई शर्मा भ्रष्टाचार मुद्दामा दोषी ठहर, ६ महिना कैद सजाय « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सिँचाइ विभागका सिडिई शर्मा भ्रष्टाचार मुद्दामा दोषी ठहर, ६ महिना कैद सजाय


११ असार २०८०, सोमबार


काठमाडौँ । विशेष अदालतले जलस्रोत तथा सिँचाई विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेसकुमार शर्मालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । आइतबार विशेषको इजलासले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको मुद्दामा फैसला सुनाउँदै ६ महिना सजाय तोकेको हो ।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ असोज २०७७ मा दायर गरेको मुद्दामा शर्माकी श्रीमती बबिता फुयाँलको नाममा रहेको जग्गा जफत गर्ने आदेशसमेत भएको विशेषले जनाएको छ । 

विशेषका अनुसार शर्मालाई ६ महिना कैदका साथै ९२ लाख ४२ हजार रुपैयाँ बिगो कायम भई उक्त रकम जरिवाना भराउन आदेश भएको छ । साथै उनकी श्रीमती बबिताको नाममा विभिन्न स्थानमा रहेको पाँच कित्ता जग्गा जफतको आदेश भएको छ ।

सिँचाइ विभाग ललितपुरमा कार्यरत शर्माले सार्वजनिक सेवामा प्रवेश गरेदेखि २०७६/७७ सम्म दुई करोड ३५ लाख ३१ हजार रुपैयाँ वैध आय गर्नुपर्नेमा तीन करोड ६ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति र खर्च गरिएको भेटिएको थियो । जसपछि स्रोत नखुलेको रकमलाई अवैध मान्दै सो रकम र त्यसबाट बढे बढाएको सम्पत्तिसमेत जफत र असुलउपर हुनुपर्ने मागसहित अख्तियारले मुद्दा चलाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस