न्यायपरिषदको बैठक निष्कर्षबीहीन  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

न्यायपरिषदको बैठक निष्कर्षबीहीन 


११ असार २०८०, सोमबार


काठमाडौँ । न्यायाधीश नियुक्तिका लागि बसेको न्यायपरिषदको बैठक कुनै निर्णय नगरी सकिएको छ ।

सोमबार बोलाइएको परिषद्को बैठकमा न्यायाधीश नियुक्तिको विषयमा छलफल भएको तर कुनै निर्णय नभएको परिषद्ले जनाएको छ । अब अर्को बैठक बुधबारका लागि बोलाइएको छ ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफ्नो कार्यकालमा सर्वोच्चदेखि उच्च अदालतका रिक्त न्यायाधीशको नाम सिफारिस गर्न खोजेका छन् । उनले सुरुमा उच्च अदालत र त्यसपछि सर्वोच्च अदालतका न्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी भएको बताएका थिए ।

सोमबार छलफल भएपछि कसरी, के आधारमा र कस्ता व्यक्ति सिफारिस गर्ने भन्नेबारे छलफल भएपनि निर्णय नभएको परिषद्का  एक सदस्यले बताए । अहिले सर्वोच्च अदालतमा ६, उच्च अदालतमा ६ मुख्य न्यायाधीश र ४१ न्यायाधीश पद रिक्त छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस