चट्याङबाट मृत्यु हुनेको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चट्याङबाट मृत्यु हुनेको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन माग


११ असार २०८०, सोमबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्य दीपक गिरीले चट्याङबाट मृत्यु हुनेको परिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । प्रतिनिधिसभा सदस्य गिरीले चट्याङबाट मृत्यु हुनेको परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् ।

हाल जिल्ला प्रशासन कार्यालयमार्फत दुई लाख रुपैयाँ दिने गरिएको भन्दै सो रकम नाम मात्रैको भएको उनको भनाई छ ।

आफ्नो गृहजिल्ला दाङमा केही दिनअघि चट्याङबाट ३६ वर्षीय रामनारायण चौधरी र २६ वर्षीय समीर केसीको मृत्यु भएको भन्दै उनीहरूको परिवारलाई तुरुन्त राहत रकम उपलब्ध गराउन माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस