एनआरएनए अमेरिकाको निर्वाचनमा १५ हजार बढी मतदाता « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एनआरएनए अमेरिकाको निर्वाचनमा १५ हजार बढी मतदाता


११ असार २०८०, सोमबार


काठमाडौँ । आउँदो जुलाईमा हुन लागेको गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका)को निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ ।

सङ्घको निर्वाचन बोर्डलाई प्राप्त तथ्यांकानुसार एनआरएनए यूएसएको निर्वाचनमा १५ हजार ३३६ जनाले मतदान गर्नेछन् । तीमध्ये दुई हजार ४६२ आजीवन सदस्य र १२ हजार ९०४ साधारण सदस्य छन् ।

अमेरिकामा एनआरएनएको सदस्य सबैभन्दा धेरै टेक्सास राज्यमा छन् । त्यहाँ २५ सय ३७ मतदाता छन् । न्युयोर्कमा दुई हजार ३३७ मतदाता छन् । क्यालिफोर्नियामा १८ सय ३९ मतदाता छन् । मेरिल्यान्डमा एनआरएनएका १७ सय ७३ मतदाता छन् । कोलोराडामो एक हजार ५३ मतदाता रहेका जनाइएको छ ।

अमेरिकी राज्यहरूमध्ये अलास्कामा कति एनआरएन मतदाता छन् भन्ने सूचीमा उल्लेख छैन । वायोमिङ, नर्थ डाकोटा, साउथ डाकोटा र मेनमा एनआरएनका दुई-दुई मतदाता छन् । वेस्ट भर्जिनियामा एनआरएनएका एक सदस्य छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस