जलहरीको छानबिनका लागि समिति बनाउन माग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जलहरीको छानबिनका लागि समिति बनाउन माग


११ असार २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले पशुपतिको जलहरी प्रकरणमा सांसदले सदनमा बोलेको कुरा हटाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै जलहरी प्रकरणलाई संसदले नै ढाकछोप गर्न खोजेको उनको आरोप छ ।

उनले भने, ‘भ्रष्टाचार कहीँ पनि हुनुहुँदैन । त्यसमाथि धार्मिक आस्थाको केन्द्रमा भ्रष्टाचार जोडिँदा संसारसामु हाम्रो शिर निहुरिएको छ । यो विषयमा तत्कालीन सरकारले जस्तो यो सरकारले पनि निर्णय गर्न पाउने कि नपाउने ? उजुर परेको दुई वर्षपछि बल्ल अख्तियारले छानबिन थालेको छ । महालेखाको प्रतिवेदनमा प्रस्ट भनिएको विषयलाई अख्तियारले किन यति ढिलोगरी छानबिन गर्‍यो ? यसको निर्णय प्रक्रियाको विषयमा विभिन्न विषयहरू जोडिएका छन् ।’

उनले यो गम्भीर विषय छानबिनको लागि समिति बनाउन माग गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस