गायक प्रकाश सपुतमाथि रोमानियामा बोतल प्रहार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गायक प्रकाश सपुतमाथि रोमानियामा बोतल प्रहार


११ असार २०८०, सोमबार


काठमाडौँ । गायक प्रकाश सपूतमाथि बोतल प्रहार गरिएको छ ।

‘याद म्युजिक फेस्टिवल’का लागि रोमानियाको बुखारोष्ट पुगेका सपुतमाथि आइतबार एक सांस्कृतिक कार्यक्रममा बोतल प्रहार भएको हो ।

स्टेजमा प्रस्तुति दिइरहेका सपुतमाथि दर्शकको भीडमा रहेका एक व्यक्तिले पानी या क्यान वियरको बोतलले हानेका थिए । उक्त बोतल अनुहारको देब्रे भागको गालामा लागेपछि प्रकाशले गीत गाउन रोकेका थिए। सपुतलाई बोतल हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

घटनाको केही बेरपछि प्रकाश फेरि स्टेज चढेर गीत गाएका थिए । कार्यक्रममा सहभागी एक दर्शकका अनुसार मदिरा सेवन गरेर आएका एक युवकले बोतलले हिर्काएका हुन् । प्रकाशको अवस्था भने सामान्य रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस