२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुग्ध विकास बोर्ड खारेज

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा.वेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले खारेज गर्न लागेको बताएका छन् ।

आइतबार ललितपुरमा भएको डेरी दर्पण विमोचन कार्यक्रममा बोल्दै कृषिमन्त्री डा. भुसालले सरकारले जुन उद्देश्य लिएर बोर्डको स्थापना गरेको थियो, बोर्डले त्यो उद्देश्यअनुसार काम गर्न नसकेको बताए ।

दुग्ध विकास बोर्ड दूधको विकास र अनुसन्धान तथा समन्वय गर्ने भनेर स्थापना भए पनि त्यस्तो काम गर्न नसकेको उनले बताए । बोर्डको काममा सरकार सन्तुष्ट नभएर र खर्च कटौती पुनरावलोकन आयोगको सिफारिसको आधारमा खारेजको सूचीका परेको उनले बताए ।

सरकार दूध विकासको पक्षमा रहेको भन्दै दुग्ध विकास बोर्ड खारेज भए पनि अन्य संरचनाबाट काम गर्ने बताए । दुग्ध विकास बोर्ड खारेज गरेर सरकारले दूध विकासबाट हात झिक्न नखोजेको भन्दै उनले पहिलाको भन्दा अझ बढी विकास गर्ने पक्षमा रहेको बताए ।

भारतबाट मुर्रा राँगा ल्याउन लागेको बताउँदै उनले सरकार नस्ल सुधार गरी दूधको विकास गर्नेतर्फ प्रतिबद्ध रहेको बताए । बोर्ड खारेज हुँदैमा डेरी व्यवसायीहरू आँत्ति हाल्नु पर्ने अवस्था नरहेको भन्दै उनले सरकारले दुग्ध विकास गर्न कै लागि बोर्डको पुनर्संरचना गर्न खोजेको बताए । उनले बोर्ड खारेज गर्ने विषय मन्त्रालयबाट गएको प्रस्ताव नभएको पनि बताए ।

“सरकारले दूध विकास गर्न नचाहेको भए अस्ति भर्खर मुर्रा राँगा किन ल्याउँथ्यो होला र ? दूध विकासको निम्ति मुर्रा राँगा ल्याउन लागेको हो । नस्ल सुधारको कुरा व्यवसायीहरूले भन्नुभएको छ । विकसित नस्ल सुधार ल्याउने काम सरकारले गरिरहेको छ,” उनले भने, “कृषिलाई कसरी अझ राम्रो गर्न सकिन्छ भन्ने कुरा हो । कामको हिसाबले भन्ने हो भने दुग्ध विकास बोर्डले गरेको कामसँग सरकार सन्तुष्ट छैन ।”

प्रतिक्रिया दिनुहोस