धनगढीका लागि उडेको श्री एयरको जहाज काठमाडौँ फिर्ता « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

धनगढीका लागि उडेको श्री एयरको जहाज काठमाडौँ फिर्ता


१० असार २०८०, आइतबार


काठमाडौँ । काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि पुन: काठमाडौँमा नै अवतरण गरिएको छ ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएपछि काठमाडौँमै अवतरण गरेको हो ।

आइतबार बिहान ७:५० बजे उडेको जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौँमै फिर्ता भएको हो ।

जहाजमा ७९ जना यात्रु थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस