जिप दुर्घटनामा एक जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जिप दुर्घटनामा एक जनाको मृत्यु


१० असार २०८०, आइतबार


ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-३ धम्जाको रामचालुमा शनिबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

जिल्ला सदरमुकाम बागलुङ बजारबाट धम्जातर्फ जाँदै गरेको ध१ज ७१९० नम्बरको जिप दुर्घटना हुँदा धम्जाका १८ वर्षीय विजय विकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार विकको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते दुई जनालाई उपचारका लागि बागलुङ सदरमुकाम ल्याइएको सूचना अधिकारी केसीले जानकारी दिए ।

जिप करिब सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस