एमाले एक्लैले प्रतिनिधि सभामा १५० सिट ल्याउँछ : योगेश भट्टराई « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमाले एक्लैले प्रतिनिधि सभामा १५० सिट ल्याउँछ : योगेश भट्टराई


९ असार २०८०, शनिबार


काठमाडौँ । नेकपा (एमाले)का सचिव एवं सांसद योगेशकुमार भट्टराईले आउँदो निर्वाचनमा एमाले एक्लैले प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने दाबी गरेका छन् ।

शनिबार सर्लाहीको लालबन्दीमा पार्टीको मधेस प्रदेशस्तरीय प्रचार भेलामा उनले ‘मिसन ८४’ मा एमालेको ध्यान रहेको भन्दै प्रतिनिधिसभामा १५० सिट हासिल गर्ने जिकिर गरे ।

अहिले संसद्मा कमजोर पार्टीको नेतृत्वमा बनेको सरकारले मुलुकलाई सही दिशा दिन नसक्ने उनको भनाइ छ ।

उनले यसअघि एमालेलाई मधेस प्रदेशबाट लखेट्न अनेक प्रयास गरिएको बताए । मधेसका नेता-कार्यकता एकजुट भएका कारण उक्त प्रयास असफल भएको उनले उल्लेख गरे ।

केही समयअघि मधेसकै नाममा मुलुक विभाजन गर्न खोजिएको र अन्तर्राष्ट्रिय शक्तिले पनि साथ दिइसकेको अवस्थामा एमालेले दृढ भएर प्रतिकार गरेको जिकिर उनले गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस