नेदरल्यान्ड्ससँग पराजीत भएसँगै समुह चरणबाटै बाहीरीयो नेपाल  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेदरल्यान्ड्ससँग पराजीत भएसँगै समुह चरणबाटै बाहीरीयो नेपाल 


९ असार २०८०, शनिबार


काठमाडौँ । ब्याटिङ नचलेपछि राष्ट्रिय क्रिकेट टोली एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा पुग्न असफल भएको छ।

जिम्बाब्वेको हरारेमा शनिवार भएको खेलमा नेपाल ७ विकेटले पराजित भयो।

पछिल्ला दुई खेलमा प्रभावकारी ब्याटिङ गरेको नेपाल नेदरल्यान्ड्सको अगाडि भने चल्न सकेन। टोलीले ४४.३ ओभरमा अलआउट हुँदै जम्मा १६७ रनको मध्यम स्कोर बनायो।

जसलाई अनुभवी नेदरल्यान्ड्सले ३ विकेटको क्षतिमा २७.१ ओभरमा सहजै पूरा गर्‍यो।

हारसँगै नेपालको सुपर सिक्स पुग्ने ढोका बन्द भएको छ। चार खेलमध्ये एउटामा मात्रै जितेको नेपालको २ अङ्क छ भने नेदरल्यान्ड्सले ४ अङ्क जोडेर सुपर सिक्स सुनिश्चित गरेको छ।

विश्वकप क्रिकेटको छनोट चरण अन्तर्गत पाँच-पाँचवटा टोली रहेको दुई समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा पुग्ने नियम छ। सुपर सिक्सका शीर्ष दुई टोलीले भारतमा आगामी सेप्टेम्बरमा हुने एक दिवसीय विश्वकप क्रिकेट खेल्नेछन्।

Tags :
प्रतिक्रिया दिनुहोस