दबाबमा नेपाल, पाँचौँ विकेटका रूपमा कुशल मल्ल आउट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दबाबमा नेपाल, पाँचौँ विकेटका रूपमा कुशल मल्ल आउट


९ असार २०८०, शनिबार


काठमाडौँ । आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेटको निर्णायक खेलमा नेदरल्याण्ड्सविरुद्ध भिडिरहेको नेपालले लगातार विकेट गुमाएको छ । 

एक सय रन नकटाउँदै नेपालले पाँच विकेट गुमाइसकेको छ । पाँचौँ विकेटका रूपमा कुशल मल्ल आउट भएका हुन्। १९ बल खेलेका उनी एक छक्कासहित १२ रन बनाएर आउट भए।

यसअघि भीम सार्की २२, कुशल भुर्तेल २७, आरिफ शेख ६ रन र आसिफ शेख शून्यमा आउट भएका थिए। 

 जिम्बाबेको हरारेमा नेदरल्याण्ड्सले टस हारेर फिल्डिङ रोजेपछि नेपाल पहिला ब्याटिङमा आएको हो। समूह ए को चौथो स्थानमा रहेको नेपाललाई विश्वकपमा छनोटको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्नै दबाब छ । 

Tags :
प्रतिक्रिया दिनुहोस