बजेटमाथि मन्त्रालयगत छलफल जारी, थप छलफल आइतबार हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बजेटमाथि मन्त्रालयगत छलफल जारी, थप छलफल आइतबार हुने


८ असार २०८०, शुक्रबार


काठमाडौँ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष ०८०/८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफल जारी रहेको छ । शुक्रबार पनि विभिन्न मन्त्रालय, राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगलगायतका लागि विनियोजन गरिएका बजेट शीर्षकमाथि छलफल भएको छ । 

विनियोजन विधेयक ०८० अन्तर्गत आजको प्रतिनिधि सभा बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकहरूमाथिको छलफल सकिएको हो ।

प्रतिनिधि सभाको अर्को बैठक १० असार (आइतबार) मा बिहान दश बजे बस्ने सचिवालयले जनाएको छ । उक्त बैठकमा विनियोजन विधेयक ०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटमाथि छलफल हुनेछ । 

सोही दिन गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधिमन्त्रीले विनियोजन विधेयक ०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस