२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सवारी चालक अनुमति पत्रको परीक्षामा सहभागी परीक्षार्थीको परिणाम फेरबदल गरेको दाबीसहित यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन कार्यालय प्रमुख लक्ष्मण शाही, सहायक कम्प्युटर अप्रेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अप्रेटर पवनकुमार रावलविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

कार्यालय प्रमुख शाहीले आ.व. २०७८/७९ मा प्रयोगात्मक परीक्षामा फेल भएका परीक्षार्थीहरूलाई उत्तीर्ण गराएको र लिखित परीक्षामा उत्तीर्ण नभएका र लिखित परीक्षामा समावेश नभएका सयौँ परीक्षार्थीहरूलाई प्रयोगात्मक परीक्षामा सामेल गराई उत्तीर्ण गराएको अख्तियारको ठहर छ ।

अख्तियारका अनुसार शाहीले आफ्नो आधिकारिक युजर आइडी प्रयोग गरी विभिन्न वर्गका सवारी चालक अनुमति पत्रको लागि लिइएका लिखित परीक्षाहरूमा अनुत्तीर्ण भएका १८० जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट गरेको र त्यस क्रममा प्रविष्ट गरेका उक्त १८० जना परीक्षार्थीहरू मध्ये १३ जनाको उत्तर पुस्तिकाहरूमा परीक्षकले लेखेको नतिजा/प्राप्ताङ्कलाई रि-राइट, ओभ-राइटसमेत गरी सच्याएको, प्रयोगात्मक परीक्षामा उपस्थित नै नभएका ३९ जना, फिल्ड प्रतिवेदनको नतिजा/प्राप्तंकमा रि-राइट, ओभर-इटसमेत गरी उत्तीर्ण बनाइएका २३ जना र परीक्षामा अनुत्तीर्ण भएका २२१ जना गरी जम्मा २८३ जना परीक्षार्थीहरूको फिल्ड प्रतिवेदनको नतिजा फेरबदल गरी उत्तीर्ण जनाई तोकिएको प्रणालीमा प्रविष्ट गर्ने काम गरेको र उक्त २८३ जनामध्ये २१ जना परीक्षार्थीहरूको नतिजालाई आफैले स्वीकृत (एप्रुभ) गरेको पाइएको छ ।

शाहीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको तथा लिखित परीक्षामा १३ जनाको उत्तर पुस्तिकाहरूको नतिजा र २३ जनाको नतिजा सच्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि भएकोले सोही ऐनको दफा ११ र दफा १३ बमोजिम कैद र जरिवाना सजायको माग दाबीसहित मुद्धा दायर गरिएको कार्यालय प्रमुख रामबहादुर कुरुम्वाङले जनाएका छन् । 

यसैगरी यातायात व्यवस्था कार्यालय, धनगढीका तत्कालीन सहायक कम्प्युटर अपरेटर(करार) नरेन्द्रकुमार कठरिया  र कम्प्युटर अपरेटर पवनकुमार रावलले आफ्नो आधिकारिक युजर आइडी  प्रयोग गरी ए, बी र के का सवारी चालक अनुमति पत्रको लागि लिइएको लिखित परीक्षाहरूमा अनुत्तीर्ण भएका ६१ जना परीक्षार्थीहररुको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट गरेको भेटिएको छ । साथै ए, बी सी/सी१, इ, एफ, जी र के का सवारी चालक अनुमति पत्रको लागि लिइएका प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण/अनुपस्थित भएका २८३ जनाको परीक्षाको परिणाम फेरबदल गरी प्रतिवादी लक्ष्मण शाहीले नतिजा प्रविष्ट गरेकोमा परीक्षामा उपस्थित नै नभएका २५ जना र अनुत्तीर्ण भएका १३९  जना गरी १६४ जना परीक्षार्थीहरूको प्रविष्ट नतिजालाई कठरियाले आफ्नो आधिकारिक युजर आइडीबाट स्वीकृत गरेको भेटिएको कार्यालय प्रमुख कुरुम्वाङले जनाएका छन् । 

पवनकुमार रावलले वर्ग ए का सवारी चालक अनुमति पत्रको लागि लिइएको लिखित परीक्षाहरूमा अनुत्तीर्ण भएका ४ जना परीक्षार्थीहरूको लिखित परीक्षाको परिणाम फेरबदल गरी उत्तीर्ण जनाई आफ्नो आधिकारिक युजर आइडीबाट लिखित परीक्षाको नतिजा प्रतिवेदनमा विवरण प्रविष्ट  गरेको तथा लक्ष्मण शाहीले उत्तीर्ण जनाई तोकिएको प्रणालीमा प्रविष्ट गरेका २८३ जनामध्ये वर्ग ए, बी, सी/सी१, इ, जी, जे१/जे२ र के का सवारी चालक अनुमति पत्रको लागि लिइएको प्रयोगात्मक परीक्षामा उपस्थित नै नभएका ६ जना र परीक्षामा अनुत्तीर्ण भएका ६२ जना गरी जम्मा ६८ जना परीक्षार्थीहरूको फिल्ड प्रतिवेदनको नतिजा फेरबदल गरी शाहीले प्रविष्ट गरेको नतिजालाई रावलले आफ्नो आधिकारिक युजर आइडीबाट स्वीकृत गरी कठरिया र रावलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको पुष्टि भएको हुँदा सोही ऐनको दफा १३ बमोजिम कैद र जरिवाना सजायको माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको कार्यालय प्रमुख कुरुम्वाङले जनाए । 

प्रतिक्रिया दिनुहोस