जन्मसिद्धका सन्तानलाई नागरिकता दिन सुरु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जन्मसिद्धका सन्तानलाई नागरिकता दिन सुरु


८ असार २०८०, शुक्रबार


काठमाडौँ । महोत्तरीमा जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता वितरण सुरु भएको गरिएको छ । सर्वोच्च अदालतले नागरिकता ऐनको संशोधित व्यवस्था कार्यान्वयन नगर्न यसअघि जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार निरन्तरता नदिने आदेश दिएपछि शुक्रबारदेखि नागरिकता वितरण सुरु गरिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

न्यौपानेले प्रशासनलाई बताए अनुसार जिल्ला प्रशासन कार्यालयले नागरिकता वितरणका लागि वडा कार्यालयलाई सिफारिस गरिदिन सबै पालिकालाई पत्राचार गरिसकेको छ। आज (शुक्रबार) जलेश्वर नगरपालिकाका ब्राईट चौधरीलाई नागरिकता प्रदान गरिएको नागरिकता फाँटमा कार्यरत नायव सुब्बा जयसिंह चौधरीले बताए ।

आज ३ जनाले नागरिकताका लागी निवेदन दिएका छन् । उनले भने,‘आज १ एक जनालाई नागरिकता प्रदान गर्‍यौँ, ३ जनाले निवेदन दिएका छन भने केही प्रक्रिया नपुगेर फर्किएका छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस