नगर गौरवका योजना प्राथमिकतामा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नगर गौरवका योजना प्राथमिकतामा


८ असार २०८०, शुक्रबार


दोधार चाँदनी । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि रु ८८ करोडको बजेट ल्याएको छ । नगरपालिकाले नगरका गौरवका आयोजनालाई प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८०/८१ का लागि रु ८८ करोड सात लाख ९६ हजार विनियोजन गरेको छ ।

बिहीबार नगरपालिकाले १४औँ नगर सभाबाट उक्त बजेट पारित गरेको हो । नगरपालिकाले नगर गौरवका योजनालाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ । नगरपालिकाले कोल्ड स्टोर निर्माणका लागि रु चार लाख, नगरस्तरीय कभर्ड हल निर्माणका लागि रु ९० लाख, बसपार्क निर्माणका लागि रु चार लाख, नगर चक्रपथ निर्माणका लागि रु एक करोड ४० लाख, वडा–२ स्थित निर्माणाधीन खानेपानी योजनाका लागि रु एक करोड १४ लाख र सेफ हाउस सञ्चालनका लागि रु दुई लाख बजेट विनियोजन गरेको छ । त्यसैगरी एमबीबीएस अध्ययनरत विद्यार्थीको छात्रवृत्ति लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ ।

नगर प्रमुख रणबहादुर महराले नगरपालिकाले नगर गौरवका योजना प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याएको बताए । बजेटमा नगर गौरवका योजना प्राथमिकतामा राखेका छौँ”, उनले भने, “नगरपालिकाको आन्तरिक आय कम छ सङ्घबाट आउने रकम घटेर आएको छ ।” उनले यस पटक बजेट कार्यान्वयनमा नगरपालिकाले जोड दिएको बताए ।

नगरको चालु आर्थिक वर्षको जम्मा आय रु ७१ करोड ९९ लाख ५६ हजारमध्ये जेठ मसान्तसम्म चालु खर्चतर्फ रु ३० करोड २४ लाख र पुँजीगत खर्चतर्फ रु नौ करोड तीन लाख रहेको छ । नगरपालिकाले अगामी आव २०८०/८१ मा चालु र पुँजीगत खर्च गरी जम्मा रु ८८ करोड आठ लाख व्यय हुने अनुमान गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस