राष्ट्रिय सभाका अध्यक्षसहित यी २० जनाको पदावधि फागुनमा सकिँदै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रिय सभाका अध्यक्षसहित यी २० जनाको पदावधि फागुनमा सकिँदै


७ असार २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका २० सदस्यहरूको पदावधि आगामी फागुनदेखि सकिँदै छ ।

राष्ट्रिय सभामा २०७५ असार ४ गते गोलाप्रथा गर्दा ६ वर्षे कार्यकाल तोकिएकाहरूको पदावधि यही फागुन २० गते सकिने संसद् सचिवालयले जनाएको छ । पदावधि सकिनेमा सबैभन्दा धेरै सांसद नेकपा ९एमाले०का छन् । राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाको पदावधि सकिँदा पनि एमालेकै रिक्त हुनेछ ।

एमालेको आठ सांसदको पदावधि सकिनेछ । त्यस्तै, नेपाली काँग्रेसका चार, नेकपा ९माओवादी केन्द्र०का तीन, नेकपा ९एकीकृत समाजवादी०का दुई सांसदको पदावधि फागुनमा सकिनेछ । जनता समाजवादी पार्टी ९जसपा० का एक, स्वतन्त्र एक र राष्ट्रपतिबाट मनोनीत एक सदस्यको पदावधि सकिने सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभाका सदस्य, स्थानीय तहका अध्यक्ष–उपाध्यक्ष र प्रमुख–उपप्रमुखले मतदान गर्न पाउँछन् । राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरूको मतभार छुट्टाछुट्टै कायम भएर गणना हुन्छ ।

सांसदको पदावधि सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन गरिन्छ । अर्थात् माघमा नै राष्ट्रियसभाको निर्वाचन हुनेछ ।

कार्यकाल सकिने राष्ट्रियसभाका २० सदस्यहरू राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनासहित नेकपा (एमाले)का इन्दु कडरिया, कुमार दसौदी, दिपा गुरुङ, दिलकुमारी रावल थापा,नरपति लुवार, भैरवकुमार श्रेष्ठ, रामचन्द्र राई रहेका छन् । 

नेपाली काँग्रेसबाट अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजंग रायमाझी रहेका छन् भने नेकपा (माओवादी केन्द्र) बाट महेशकुमार महरा, विना पोखरेल, हरिराम चौधरी रहेका छन् । 

यसैगरी एकीकृत समाजवादीबाट नन्दा चपाईं, २० सिंगबहादुर विश्वकर्मा रहेका छन् भने जनता समाजवादी पार्टीबाट प्रमीला कुमारी तथा मनोनीत विमला राई पौड्याल र स्वतन्त्र खिमलाल देवकोटा रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस