राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन 


७ असार २०८०, बिहिबार


काठमाडौँ । दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकले राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन गर्नका सरकारलाई निर्देशन दिएको हो ।

बैठकपछि निर्देशन दिँदै समिति सभापति प्रकाश पन्थले बैठकले विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य र पुनर्निर्माण, यसको व्यवस्थापनका लागि पूर्वतयारी गर्न निर्देशन दिएको बताए । उनले विपद्मा जोखिममा परेका व्यक्ति र परिवारको पुनः स्थापना र पुनर्निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको बताए ।

समिति सभापति पन्थले पूर्वी पहाडी जिल्लामा बाढी र पहिरोले पु¥याएको क्षतिको राहत, पुनः स्थापना र पुनर्निर्माण कार्यमा अझै बढी प्रभावकारी बनाउन निर्देशन दिएको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस