मन्त्रीले पनि राखे कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्रीले पनि राखे कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा


७ असार २०८०, बिहिबार


काठमाडौँ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । बिहीबार मन्त्री दुलालको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।

भारतले संसदमा राखेको ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि कपिलवस्तु र लुम्बिनी पनि राखेपछि नेपालमा चौतर्फी आलोचना भइरहेको छ । मन्त्री दुलाल माओवादी केन्द्रबाट प्रदेश मन्त्री बनेका हुन् ।

अखण्ड भारतको नक्सापछि ग्रेटर नेपालको नक्सा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सुरूमा आफ्नो कार्यकक्षमा राखेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस