दलहरूको बेवास्ताका कारण संसदीय समिति सभापति चयनमा दिलाई « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

दलहरूको बेवास्ताका कारण संसदीय समिति सभापति चयनमा दिलाई


७ असार २०८०, बिहिबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिको सभापतिहरू चयन नहुँदा संसदीय कामकारबाही प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् ।

समिति सभापति चयनका लागि आफूले गरेको आग्रहलाई राजनीतिक दलहरूले बेवास्ता गर्दा समस्या भएको पनि उनको गुनासो छ।

‘समिति सभापति चयन गर्न राजनीतिक पार्टीहरूले निर्णय दिनुपर्ने हुन्छ । यसो नभएका कारण समस्या भएको हो। सभापतिहरू चयन नभएका कारण संसदीय समितिका कामकारबाही प्रभावकारी हुनमा कठिनाइ छन्’,सभामुख घिमिरेले भने। आफूले राजनीतिक दलहरुलाई पटक पटक सभापति चयनका लागि आग्रह गरेको पनि उनले स्मरण गरे।

गत जेठ १५ गते बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा सभामुख घिमिरेले औपचारिक रूपमै दलहरुलाई समिति सभापति चयनका लागि ७ दिनको समय दिएको बताएका थिए। तर, असार दोस्रो साता बितिसक्दा समेत समिति सभापति चयन हुन नसकेको भनी प्रश्न उठेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस