२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय तह

अ+ अ-

काठमाडौँ । म्याग्दीमा रहेका तीन सय वर्ष भन्दा पुराना देवल, ऐतिहासिक स्थल र प्राचीन सम्पदाको संरक्षण गर्न थालिएको छ । यहाँका स्थानीय तहले धार्मिक तथा ऐतिहासिक महत्वका देवल, ऐतिहासिक स्थल र प्राचीन सम्पदाको मर्मतसम्हार गरेर संरक्षण गर्न थालेका हुन् ।

सदरमुकाम बेनीलगायत जिल्लाका छ वटै स्थानीय तहमा रहेका पुरातात्त्विक तथा शिखर शैलीका देवल र प्राचीन सम्पदा प्रचारप्रसार र संरक्षणको अभावमा नासिँदै जान थालेपछि स्थानीय तहले मर्मत गरी संरक्षण गर्न थालेका हुन् । लोप हुने अवस्थामा पुगेका र ओझेलमा परेका त्यस्ता सम्पदाको संरक्षण र पुनः निर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।

जिल्लाका ताकमकोत, ज्यामरुककोट, घातन, पुलाचौर, राखूँ भगवतीलगायत स्थानमा रहेका कैयौँ प्राचीन देवल र सम्पदाको संरक्षण र प्रचारप्रसारमा स्थानीय निकायले काम गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।

“बेनी बजारमा रहेका कोत मन्दिर, बेनी शिवालय मन्दिर र बालमुक्तेश्वर महादेवको देवल तीन सय वर्ष पुराना ऐतिहासिक विरासतका धरोहर हुन्”, स्थानीय नैनकुमार श्रेष्ठले भने । पुराना प्राचीन सम्पदाको बारेमा नयाँ पुस्ता अनभिज्ञ रहेकाले यीनको संरक्षण गरी नयाँ पुस्तालाई जानकारी दिनुपर्ने उनको भनाइ थियो ।

ऐतिहासिक धरोहरको संरक्षण र प्रचारप्रसारमा नगरपालिका र वडा कार्यालय सक्रिय रहेको बेनी नगरपालिका–७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले बताए । उनका अनुसार विसं १७५४ मा तत्कालीन पर्वते राजा बलेबम मल्लले निर्माण गर्न लगाएका यी देवल पाञ्चायन शैलीमा निर्माण गरिएका छन् । पुराना इँटाबाट निर्मित यी मन्दिरमा शिव लिङ्ग, नारायण, गणेश र भगवतीका मूर्ति छन् ।

“बेनी बजारको सबैभन्दा पुरानो मानिएको बालमुक्तेश्वर मन्दिरको अस्तित्व नामेट हुँदै जान थालेको थियो । नगरपालिकाले प्राचीन सम्पदाको सूचीमा राखेपछि बल्ल यसको संरक्षण हुने भएको छ”, स्थानीय अविरकुमार श्रेष्ठले भने । बजार विस्तार हुने क्रम बढेसँगै आधुनिक र ठुला घर निर्माण हुँदा बालमुक्तेश्वर मन्दिर छोपिएको उनले बताए।

‘यहाँको पुरानो सभ्यता बोकेको मन्दिरको बारेमा अहिले धेरैजसो अनभिज्ञ छन्’, श्रेष्ठले भने, ‘विसं २०३७ मा बालमुक्तेश्वर मन्दिरको अगाडि लक्ष्मीनारायण मन्दिर निर्माण गरिएपछि सो मन्दिरको महत्त्व पनि छोपिँदै गएको छ ।’ उनका नसुरा विसं २०३४र३५ सालसम्म मन्दिरमा रहेको ताम्रपत्र अहिले हराएको छ ।

अन्नपूर्ण गाउँपालिका–६ मा कालीगण्डकी नदी र घारखोलाको दोभानमा रहेको जलेश्वर शिवालय मन्दिरको पनि मर्मत गरी संरक्षण गर्न थालिएको छ । पाञ्चायन शैलीमा निर्माण गरिएको उक्त मन्दिर २०६३र६४ सालमा बेनी–जोमसोम सडक निर्माणका क्रममा सेनाले सोही मन्दिरसँग जोडेर दुर्गा भगवतीको मन्दिर निर्माण गरिदिएपछि जलेश्वर शिवालय अस्तित्वविहीन बनेको थियो ।

“प्राचीन मन्दिरमा राखिएका ताम्रपत्र, घण्ट, भाला, हातहतियारलगायत ऐतिहासिक र पुरातात्त्विक महत्वका चिज हराउँदै गएका थिए, अहिले वडा कार्यालयले पुरातात्त्विक महत्वका सम्पदाको संरक्षणका लागि चासो दिन थालेपछि आशा जगाएको छ” ज्यामरुककोटका हरिप्रसाद शर्माले भने ।

पुरातात्त्विक महत्त्व बोकेका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा पुरातात्त्विक विभागले पनि ध्यान दिनुपर्ने बेनी नगरपालिका–२ का ७८ वर्षीय डिलबहादुर कार्कीले बताए। उनका अनुसार बडादसैँ, चैते दसैँ, कृष्ण जन्माष्टमी, श्री पञ्चमी र तीजका बेला उक्त ठाउँमा पूजापाठका साथै मेला लाग्ने गर्दछ ।

ऐतिहासिक महत्त्व बोकेका स्थानमा रहेका ढुङ्गे धारा र कुवाको संरक्षण गर्न वडा कार्यालयबाट बजेट विनियोजन गरेर पहल थालिएको बेनी नगरपालिका–२ का वडा अध्यक्ष यामबहादुर कार्कीले जानकारी दिए। पुरातात्त्विक सम्पदालाई सूचीकरण गरी संरक्षण र संवर्द्धनका लागि पहल सुरु गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस