एमालेले गण्डकीमा गर्‍यो संसद् बैठक अवरुद्ध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेले गण्डकीमा गर्‍यो संसद् बैठक अवरुद्ध


७ असार २०८०, बिहिबार


काठमाडौँ । एमालेले गण्डकी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । सोमबार प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश हुनु अगाडि नै एमालेका सांसदहरुले उठेर विरोध जनाएका छन् ।

आइतबारदेखि सुरु भएको बजेटमाथिको छलफललाई निरन्तरता दिने कार्यसूची थियो ।

गण्डकी प्रदेशसभा एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले असार १ गते ल्याएको आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेटमा रकम फरक परेको बताए । बजेट वक्तव्यभन्दा स्थानीय तहमा जाने बजेट कम भएको र यो गम्भीर लापरबाही रहेको एमालेको ठहर छ ।

बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस