काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका बैंकर अनिल केशरी शाहले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
रास्वपाले विधानको ‘केन्द्रीय समितिका सदस्य मात्र विभागीय प्रमुख हुने’ व्यवस्था निलम्बन गर्दै शाहलाई प्रशिक्षण विभाग प्रमुख दिएको हो ।
यसअघि, रास्वपामा प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारीमा महामन्त्री मुकल ढकाल थिए । उनले जिम्मेवारी छोड्न तयार भएपछि शाहलाई विभागको जिम्मेवारी तोकिएको बताइएको छ ।
यस्तै, रास्वपामा अर्को महत्त्वपूर्ण मानिएको सङ्गठन विभाग प्रमुखको जिम्मेवारीमा कवीन्द्र बुर्लाकोटी छन् । आर्थिक विभागको जिम्मेवारी रास्वपा प्रवेश गरेसँगै तनहुँबाट निर्वाचित भएका डा. स्वर्णिम वाग्लेले पाएका छन् । रास्वपामा यस्ता ३६ विभाग बनिसकेको बताइएको छ ।