नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट भट्टराई र रेग्मीको इजलासमा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट भट्टराई र रेग्मीको इजलासमा


७ असार २०८०, बिहिबार


काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ ।

विधेयक प्रमाणीकरणको प्रक्रिया नमिलेको भन्दै परेको उक्त रिट भट्टराई र रेग्मीको संयुक्त इजलासमा पेसी पहिलो नम्बरमै परेको हो ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो ।

बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा नागरिकता ऐन कार्यान्वयनमा बाधा पुग्ने छ । तर अल्पकालीन अन्तरिम आदेश खारेज भएमा कार्यान्वयनमा आउने छ ।

अघिल्लो संसदबाट राष्ट्रपति कार्यालयमा पुगेर अड्किएको उक्त विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि विवाद बढेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस