बैंकर अनिल शाह रास्वपा प्रवेश « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बैंकर अनिल शाह रास्वपा प्रवेश


७ असार २०८०, बिहिबार


काठमाडौँ । बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

बिहीबार पार्टी कार्यालय बालाजुमा रास्वा अध्यक्ष रवि लामिछानेले उनलाई स्वागत गरेका छन्।

रास्वपाले आज दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ । 

उक्त चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विभिन्न दलका अध्यक्ष तथा सभापति, कूटनीतिक नियोगका प्रमुख, निजी क्षेत्रका संघ संस्थाका प्रमुख लगायतलाई आमन्त्रण गरिएको छ ।

गत वर्ष असार ७ गते स्थापना भएको रास्वपाले यही असार १ गतेदेखि साताव्यापी वार्षिकोत्सव मनाउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस