चीनको एक रेष्टुरेन्टमा ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु, ७ जना घाइते « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

चीनको एक रेष्टुरेन्टमा ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु, ७ जना घाइते


७ असार २०८०, बिहिबार


काठमाडौँ । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ ।

गएराति निङ्जियाको यिनचुआन सहरमा रहेको बारबेक्यू रेस्टुरेन्टमा ग्यास विस्फोट भएको थियो ।

सोही विष्फोटमा परी ७ जना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

विस्फोटको घटनापछि चिनियाँ राष्ट्रपति सी जिनपिङले घाइते भएकालाई उपचारमा सबै सहयोग उपलब्ध गराउन तथा उद्योग तथा महत्त्वपूर्ण क्षेत्रहरूमा सुरक्षा सावधानी बलियो बनाउन निर्देशन दिएको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस