श्रोत नखुलेको ७ लाख रुपैयाँसहित एक जना प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

श्रोत नखुलेको ७ लाख रुपैयाँसहित एक जना प्रहरी नियन्त्रणमा


६ असार २०८०, बुधबार


काठमाडौँ । बारा जिल्लाको कलैया उपमहानगरपालिका १० मटिअर्वास्थित सीमा ईलाकाबाट श्रोत नखुलेको ७ लाख ६ हजार ७ सय पच्चीस रुपैयाँ र एउटा मोटरसाइकलसहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

आज विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वा (बिओपी मटिअर्वा) ले सोही उपमहानगरपालिका ८ बस्ने ४५ बर्षिय मदनकुमार मिश्रलाई नियन्त्रणमा लिएको हो ।

ना ३७ प ९७३५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका मिश्रलाई शङ्का लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका मिश्रलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस