एमालेसँग दूरी बढाउन समाजवादी मोर्चा : प्रदीप पौडेल « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एमालेसँग दूरी बढाउन समाजवादी मोर्चा : प्रदीप पौडेल


५ असार २०८०, मंगलबार


काठमाडौँ । सांसद प्रदीप पौडेलले समाजवादी मोर्चा बनाउँदैमा काँग्रेस नतर्सिने बताएका छन् । मङ्गलवार संसद् बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले समाजवादी मोर्चाबाट काँग्रेस नतर्सिएको बताएका हुन् । 

सांसद पौडेलले अब एमालेसहितको कम्युनिस्ट एकताको सम्भावना नरहेकोसमेत स्पष्ट पारे । एमालेसँग दूरी बढाउनका निम्ति अरु कम्युनिस्ट नेताहरुले समाजवादी मोर्चा घोषणा गरेको उनको भनाइ छ । समाजवादी मोर्चासँग आशङ्का गरेर काँग्रेस सरकारबाट नबाहिरिनेसमेत उनले बताए । उनले विधि विधानले व्यवस्था गरेबमोजिम पार्टी सञ्चालन हुनुपर्ने बताए ।

‘अब एमालेसहितको कम्युनिस्ट एकताको सम्भावना अब रहेन, एमालेसँग दूरी बढाउनका निम्ति अरु कम्युनिस्ट नेताहरुले यो गरेका हुन् । यो मोर्चा बनाएपछि सरकार फेरिने, काँग्रेस त्यसमा आशङ्का गरेर बाहिरिने स्थिति बन्छ भन्ने लाग्दैन,’उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस