विद्यार्थीलाई ४५ प्रतिशत छुट कार्यान्वयन गर्न सिडिओलाई एकहप्ते अल्टिमेटम « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विद्यार्थीलाई ४५ प्रतिशत छुट कार्यान्वयन गर्न सिडिओलाई एकहप्ते अल्टिमेटम


५ असार २०८०, मंगलबार


काठमाडौँ। अनेरास्ववियु कास्की जिल्ला कमिटीले सार्वजनिक यातायातमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयन गराउन प्रमुख जिल्ला अधिकारीलाई एकहप्ते अल्टिमेटम दिएको छ ।

कास्की जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत नदिएको गुनासो बढेपछि पछिल्लो एकहप्ता ट्राफिक कार्यालयको सहभागीतामा अनेरास्ववियुले अनुगमन गरेको थियो ।

सार्वजनिक यातायात सम्बद्ध पक्षले छुट दिन आनकानी गरेको भन्दै जिल्ला संयोजक सन्तोष पोखरेलद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र सिडिओलाई बुझाएको हो ।

अनुमगन हुँदा पैसा फिर्ता गर्ने तर त्यसलाई निरन्तरता दिन व्यवसायीहरूले आनकानी गरेकाले एकहप्ता भित्र सबै सार्वजनिक यातायातमा छुट सहितको भाडादर टाँस गरी कार्यान्वयन गराउन ध्यानाकर्षण पत्रमा भनिएको छ ।

४५ प्रतिशत सहुलियत विद्यार्थीको अधिकार भएकाले आफ्नो अधिकार प्राप्तिका लागि जस्तो सुकै आन्दोलन गर्न अनेरास्ववियु तयार रहेको अनेरास्ववियुले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस