धितोपत्र दलाल कम्पनीलाई अनुमतिपत्र दिन स्वीकृति « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

धितोपत्र दलाल कम्पनीलाई अनुमतिपत्र दिन स्वीकृति


५ असार २०८०, मंगलबार


काठमाडौँ । मापदण्ड पूरा गरी आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमतिपत्र (लाइसेन्स) दिन अर्थ समितिले सरकारलाई निर्देशन दिएको छ।

मङ्गलवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले मापदण्ड पूरा गरेर आवेदन दिएका धितोपत्र दलाल कम्पनीलाई अनुमतिपत्र (लाइसेन्स) दिन धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको हो।

समितिले ब्रोकरको रोकिएको लाइसेन्स प्रक्रियालाई पनि निरन्तरता दिन निर्देशन दिएको छ। समितिका एक सदस्यका अनुसार जेठ २९ गतेको निर्णयबाट स्थगन गरिएको धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको इजाजत प्रक्रिया शुरु गर्न अर्थ मन्त्रालयमार्फत धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस