दबाबमा अमेरिका, नेपालले लियो पाँचौँ विकेट « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

दबाबमा अमेरिका, नेपालले लियो पाँचौँ विकेट


५ असार २०८०, मंगलबार


काठमाडौँ । आइसिसी एक दिवसीय क्रिकेट विश्वकप छनोटमा आज नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ।

जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको अमेरिकाले पाँच विकेट गुमाएको छ। 

अमेरिकाका ओपनर स्टेभिन टेलर ४ रन, मुकामाला शून्य, कप्तान आरोन जोन्स २ रन र केन्जिगे १ रनमा आउट भएका छन्। यस्तै गजानन्द सिंह २६ रन बनाएर आउट भएका छन्। 

नेपालका लागि करण केसीले सुरूवाती चार विकेट लिएका छन्। पाँचौ विकेट दिपेन्द्रसिंह ऐरीले हात पारेका छन्। ऐरीले गजानन्द सिंहलाई २१.३ ओभरमा आरिफ शेखबाट क्याच गराए। त्यतिबेला अमेरिकाले ५ विकेटको क्षतिमा ६५ रन बनाएको थियो।

सोमपाल यसअघि जिम्बावेविरुद्धको खेलमा घाइते भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस