२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यो मोर्चा कसैलाई लक्षित गरेर बनेको होइन, बर्बराउन पर्दैन : उपेन्द्र यादव 

अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा कसैप्रति लक्षित नबनेको भएकाले अहिलेदेखि नतर्सिन आग्रह गरेका छन् ।

समाजवादी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै उनले मोर्चा घोषणाअघि नै केही व्यक्तिहरू बर्बराउन थालेको बताए ।

उनले भने, ‘चार दल मिलेर साझा कुराहरूमा हामी अगाडि बढ्छौँ । दलहरूको आआफ्नो विचार र दृष्टिकोण छन् । तर, साझा मुद्दालाई लिएर अगाडि बढ्छौँ । यो मोर्चाले भविष्यमा सफलता पाउने कुरामा ढुक्क हुनुपर्छ । हुन त मोर्चा र गठबन्धन बन्दै भत्किँदै गरेकाले के हो, कसो हो भन्ने लागेको पनि हुनसक्छ ।

त्यो आशङ्का हुन पनि सक्छ । त्यसलाई हामीले व्यवहारबाट गलत साबित गर्दै निश्चित उद्देश्य प्राप्तिका लागि वैचारिक राजनीतिक रूपमा अगाडि बढाएका हौँ । यो आफ्नो लक्ष्यअनुसार बढ्नेमा ढुक्क छौँ । यो मोर्चाले गर्दा कसैलाई तर्सिनुपर्दैन । हामी परिवर्तन र राष्ट्र निर्माणमा अघि बढ्छौँ । यो कसैको विरुद्धमा लक्षित छैन ।

केही साथीहरू अघि नै बर्बराउन थालेको देख्छु । हामी देश र जनताको लागि सहकार्य र सहयोगको आधारमा अगाडि बढ्छौँ । तर, प्रतिगमनकारी शक्तिहरू जसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने खेल खेलेका छन्, तिनका विरुद्ध यो मोर्चा होमिनेछ । आवश्यक परे सङ्घर्ष पनि गर्छ ।’

प्रतिक्रिया दिनुहोस