२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रीलङ्काले जितका लागि युएईलाई दियो ३५६ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । पूर्व विश्व च्याम्पियन श्रीलङ्काले सोमबार आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा युनाइटेड अरब इमिरेट्स (यूएई)लाई जितका लागि ३५६ रनको लक्ष्य पेस गरेको छ ।

जिम्बाब्वेको बुलावायोस्थित क्विन्स स्पोट्स क्लबमा टस हारेर ब्याटिङका लागि निम्त्याएको श्रीलङ्काले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३५५ रनको बनाएको हो ।

१९९६ मा विश्वकपको उपाधि जित्न सफल श्रीलंकाका लागि कुशल मेन्डिसले सबैभन्दा धेरै ७८ रन बनाए । सधीरा समरविक्रमाले ७३ रन बनाउँदा ओपनर पाथुम निसान्काले ५७ र दिमुथ करुणारत्नेले ५२ रन बनाए । चरिथ असलंकाले अविजित ४८ रन बनाए भने वानिन्दु हसरंगा २३ रनमा अविजित रहे ।

यूएईका अली नासरले दुई विकेट लिए । बासिल हमीद, आयान अफजल खान र रोहन मुस्तफाले एक-एक विकेट लिए ।

छनोट प्रतियोगितामा श्रीलंका र यूएई समूह ‘बी’मा छ । यस समूहमा श्रीलंका र यूएईबाहेक आयरल्यान्ड, ओमान र स्कटल्यान्ड छन् । आजै जारी अर्को खेलमा आयरल्यान्डले ओमानलाई जितका लागि २८२ रनको लक्ष्य पेस गरेको छ ।

प्रतियोगितामा पहिलो दिन समूह ‘ए’मा आयोजक जिम्बाब्वेले नेपाललाई आठ विकेटले हराएको थियो भने दुई पटकको विश्व विजेता वेष्ट इन्डिजले अमेरिकालाई ३९ रनले हराएको थियो ।

दुवै समूहका शीर्ष तीन टिमले प्रतियोगिताको सुपर-६ मा स्थान पक्का गर्नेछन् । सुपर-६ बाट शीर्ष दुई टिमले भारतमा हुने विश्वकपमा स्थान पक्का गर्नेछ ।

प्रतिक्रिया दिनुहोस