विद्युत् प्राधिकरण नेपाली जनताप्रति जबाफदेही छैन : प्रभु साह « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

विद्युत् प्राधिकरण नेपाली जनताप्रति जबाफदेही छैन : प्रभु साह


४ असार २०८०, सोमबार


काठमाडौँ । आमजनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले नेपाल विद्युत् प्राधिकरण नेपाली जनताप्रति जबाफदेही नभएको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष साहले प्राधिकरण नेपाली जनताप्रति जबाफदेही नभएको बताएका हुन्। 

उनले ऊर्जा क्षेत्रमा ६० अर्ब पैसा छुट्याएको भए पनि कहाँ खर्च गर्ने भन्ने स्पष्ट उल्लेख नभएको बताए। उनले रेडबुकमा स्पष्टसँग विद्युत् प्राधिकरणअन्तर्गत हुने खर्चहरू नलेखिएको भन्दै त्यसरी अपारदर्शी बन्नु पनि भ्रष्टाचार भएको बताए।  

प्राधिकरणले आफूलाई नाफामा देखाएर दुनियाँलाई झुक्याएको आरोप लगाउँदै व्यापारिक घरानाहरूलाई सेवा गरेको, तर गाउँघरमा विद्युत् प्रसारण गर्न नसकेको बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस