दस्ताबेज पारित गर्न रास्वपाले गर्‍यो १७ सदस्यीय समिति गठन « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

दस्ताबेज पारित गर्न रास्वपाले गर्‍यो १७ सदस्यीय समिति गठन


४ असार २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को स्थापना दिवसका अवसरमा पार्टी कार्यालय बालाजुमा सार्ने निर्णय गरिएको छ । यही असार ७ गते नयाँ कार्यालयमा चियापान कार्यक्रम समेत आयोजना गरिने भएको छ ।

सोमबार बसेको केन्द्रीय समिति र सांसदहरूको संयुक्त बैठकमा असार ७ गते मनाइने पार्टी स्थापना दिवसको तयारीका बारेमा छलफल गरिएको महामन्त्री तथा पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

ढकालका अनुसार पार्टीको दस्ताबेज पारित गर्न १७ सदस्यीय समिति पनि गठन गरिएको छ ।

“विभाजित सातवटा समूहबाट प्रतिनिधि हुने गरी इच्छुकहरूमध्येबाट कुल १७ जनाको प्रतिनिधिमण्डल बनाई पहिलो ड्राफ्टमा परेका संशोधन एवं आवश्यक छलफल गरी दोस्रो ड्राफ्ट तयार गर्ने र फेरि नीति, विचार कार्यशाला गर्ने निर्णय भएको छ,” उनले भने ।

महामन्त्री ढकालका अनुसार आउँदो भदौ दोस्रो सातासम्म दस्ताबेजको अन्तिम ड्राफ्ट सभापतिलाई बुझाउने तयारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस