समाजवादी मोर्चा घोषणा समय एक घण्टा पछि सर्‍यो « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

समाजवादी मोर्चा घोषणा समय एक घण्टा पछि सर्‍यो


४ असार २०८०, सोमबार


काठमाडौँ । सत्तारूढ नेकपा माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा घोषणा समय सरेको छ । यसअघि आज(सोमवार) दिउँसो ३ बजे मोर्चा घोषणा हुने तय भएकोमा अब साँझ ४ बजे मात्रै घोषणा हुने भएको हो ।

आज बिहान बालुवाटारमा बसेको चार दलका शीर्ष नेताको बैठकले मोर्चा घोषणा पूर्वनिर्धारित समय भन्दा १ घण्टा पछि सारेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आज मोर्चा घोषणा हुँदै छ ।

मोर्चामा माओवादीसहित, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध हुँदैछन् । आइतबार बसेको ४ दलको बैठकले सोमवार घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता तय गरेको थियो ।

दलहरूले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूप हुने सहमति गरेका बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस