ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आजदेखि « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आजदेखि


४ असार २०८०, सोमबार


काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसको सातौँ राष्ट्रिय महाधिवेशन आज (सोमबार) देखि काठमाडौँमा शुरु हुँदैछ।

महाधिवेसने दिउँसो १ बजे प्रज्ञा प्रतिष्ठानको हल कमलादीमा शुरु हुनेछ। ट्रेड युनियन कांग्रेसले विधानमार्फत युवा र महिला सहभागितालाई बढाएको बताएको छ। महासंघको अधिवेशन अध्यक्षलगायत ४९ पद र महिला समिति तथा युवा समिति चयन गरेर सम्पन्न हुनेछ।

ट्रेड युनियन कांग्रेस सातौँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक अजयकुमार राईले आगामी दिनमा ट्रेड युनियन कांग्रेसलाई थप बलियो र सशक्त बनाउन ७५३ वटै स्थानीय तहमा ट्रेड युनियन सङ्गठन निर्माण गर्ने जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस