पहिलोपटक पोखरामा नेपाल-चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुँदै    « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

पहिलोपटक पोखरामा नेपाल-चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल हुँदै   


३ असार २०८०, आइतबार


काठमाडौँ । असार ८ र ९ मा फेवातालमा दक्षिण एसियामै पहिलोपटक नेपाल-चाइना फ्रेन्डसिप ड्रागन बोट रेस फेस्टिभल २०२३ हुँदै छ । 

सोही कार्यक्रममा सहभागी हुन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १७१औँ दिनमा चिनियाँ विमान कम्पनी सिचुवान एयरलाइन्सले पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । फेस्टिभलमा सहभागी हुन आउने खेलाडीसँगै दर्शक, पर्यटकहरू चार्टर्ड उडानमार्फत ६ असारमा चीनबाट सीधै पोखरा आउन लागेका हुन् ।

सिचुवानले चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने भएको छ । चार्टर्ड उडानमार्फत चीनको लिङ्जी नगरका उपप्रमुखसहित ६० जनाको टोली पोखरा आउने नेपालस्थित चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ जिनले पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । लिङ्जी र पोखरा महानगरपालिकाले भगिनी सम्बन्धसमेत गाँसेका छन् ।

१७ पुसमा ०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको विमानस्थलमा ११ फागुनमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तराष्ट्रिय उडान र रात्रिकालीन उडानका लागि तयार भएको थियो । विमानस्थलमा १८ फागुनदेखि रात्रिकालीन उडान सुरु भएको थियो । आउँदो ६ गते चार्टर्ड उडानमार्फत पहिलो अन्तर्राष्ट्रिय उडान हुने भए पनि नियमित अन्तर्राष्ट्रिय उडान कहिलेबाट हुन्छ भन्नेमा हालसम्म केही निर्णय भएको छैन । 

Tags :
प्रतिक्रिया दिनुहोस