२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीपी प्रतिष्ठानलाई छाता ऐनमा नराख्न प्रधानमन्त्रीको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई एकीकृत ऐनबाट अलग गरेर साविककै अवस्थामा स्वायत्त संस्थाको रूपमा राख्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई सांसद एवं पूर्व–सांसदहरुले ध्यानाकर्षण गराएका छन्।

सुनसरी क्षेत्र नं १ बाट निर्वाचित सांसद एवं शिक्षामन्त्री अशोककुमार राईको नेतृत्वमा पुगेका यस क्षेत्रका प्रदेशसभा सदस्यहरूको टोलीले आइतबार प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका हुन्।

प्रधानमन्त्री दाहाल वीपी प्रतिष्ठानको कुलपति पनि हुन्। सरकारले मोफसलका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई एउटै छाता ऐनभित्र समेटेर सञ्चालन गर्ने प्रस्ताव नीति तथा कार्यक्रम, बजेटमा उल्लेख भएको भन्दै धरानमा आन्दोलन चलिरहेको छ।

मुलुक सङ्घीयतामा गइसकेको बेला यस्ता स्वायत्त संस्थाहरूलाई थप सबल र सुदृढ बनाउनुपर्नेमा केन्द्रीकृत गर्ने गरी ऐन ल्याउन लागेको भन्दै धरानका राजनीतिक दल, बुद्धिजीवी तथा नागरिक समाजका अगुवाहरूले सङ्घर्ष समिति गठन गरेर चरणबद्ध आन्दोलन गरिरहेको छ।

सङ्घर्ष समितिले काठमाडौँमा पुगेर आन्दोलन गर्ने कार्यक्रम सार्वजनिक गरेपछि सुनसरी क्षेत्र नं १ बाट निर्वाचित संघीय तथा प्रदेशसभाका सांसदहरुले पनि गम्भीरतापूर्वक चासो लिँदै प्रधानमन्त्री दाहाललाई आइतबार भेट गरेर ध्यानाकर्षण गराएका हुन्। उक्त भेटमा शिक्षामन्त्रीसमेत रहेका संघीय सांसद अशोककुमार राई, प्रदेशसभा १ (१) सांसद रमेशकुमार बस्नेत, प्रदेशसभा १ (२) सांसद विजय राई, समानुपातिक प्रदेशसभा सांसद ममता तामाङ मगर र पूर्व(प्रतिनिधिसभा सदस्य जयकुमार राई पनि सहभागी थिए।

सांसदहरूको टोलीसँगको भेटमा प्रधानमन्त्री दाहालले वीपी प्रतिष्ठानलाई छाता ऐनबाट हटाएर स्वायत्त नै राख्ने प्रतिबद्धता पनि जनाएको प्रदेश सांसद बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस