समाजवादी सक्तीहरूलाई एकताबद्ध गर्न समाजवादी मोर्चा बनाउँदै छौँ : माधव नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

समाजवादी सक्तीहरूलाई एकताबद्ध गर्न समाजवादी मोर्चा बनाउँदै छौँ : माधव नेपाल


३ असार २०८०, आइतबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी सक्तीहरूलाई एकताबद्ध गर्न समाजवादी मोर्चा बनाउन लागिएको बताएका छन्।

आइतबार बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले देशभक्त, वाम, लोकतान्त्रिक र समाजवादी शक्तिहरूलाई मिलाएर समाजवादी मोर्चा बनाइने बताएका हुन्।

उनले सो मोर्चा वैचारिक मोर्चा हुने बताए। उनले निश्चित विचार र सिद्धान्तका लागि एकताबद्ध हुनु स्वभाविक भएको बताए। समाजवादको दिशामा अघि बढ्ने शक्तिहरू मिल्ने मान्यता रहेको भन्दै सहमत भएका पक्षहरूलाई समेट्दै जाने उनको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस