नेपाललाई सोमपालले दिलाए पहिलो सफलता  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नेपाललाई सोमपालले दिलाए पहिलो सफलता 


३ असार २०८०, आइतबार


काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जिम्बाबेको पहिलो विकेट लिएको छ । नेपालका बलर सोमपाल कामीले जिम्बाबेका ओपनर ब्याट्सम्यान जोयलर्ड गुम्बीको विकेट लिएका हुन् ।

सोमपालले जोयलर्डलाई एलबीडब्लू आउट गराएका थिए । त्यतिबेला जोयलर्ड २५ रनमा खेल्दै थिए । टोलीको कुल स्कोर ४५ रन रहँदा जिम्बाबेले पहिलो विकेट गुमाएको हो ।

नेपालले दिएको दुई सय ९१ रनको लक्ष्य पछ्याउँदै जिम्बाबे ब्याटिङ गरिरहेको छ । नेपालले भने ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ९० रन बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस