२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोसीबाहेकको बजेट पास गर्न लायक छैन, सशक्त विरोध गर्नू : ओली

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)ले आज सातै प्रदेश सांसदहरूसँग भर्चुअल बैठक गरेको छ । बैठकमा सबै प्रदेशका पार्टी संसदीय दलका नेताहरूले आर्थिक वर्ष २०८०/०८१ का लागि प्रदेश सरकारहरूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेटका विषयमा संक्षिप्त रिपोर्ट प्रस्तुत गरे । 

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बजेट र अन्य विषयमा पार्टीले खेल्नुपर्ने भूमिकाबारे प्रदेश सभा सदस्यहरूलाई निर्देशन दिएको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।  

बैठकमा ओलीले देशको बजेट सरकार सञ्चालन, भौतिक पूर्वाधार विकास र सामाजिक सेवालाई केन्द्रमा राखेर बन्नुपर्नेमा सरकारमा रहेका मानिसहरूको स्वार्थमा प्रेरित बनाइएको भन्दै आपत्ति प्रकट गरेका छन् । 

बजेट विनियोजन पैतृक सम्पत्तिजस्तो गरी मुख्यमन्त्री, अर्थमन्त्रीहरूको निर्वाचन क्षेत्रमा केन्द्रित गरेर बजेटको दुरुपयोग गर्नु आपत्तिजनक रहेको ओलीको भनाइ छ । 

पार्टी प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्ति अनुसार अध्यक्ष ओलीले बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने गरी सशक्त विरोध गर्न निर्देशन दिए । 

बजेट छलफलमा भाग लिँदा विरोधका लागि विरोध नभई देशलाई नकारात्मक असर पार्ने कुराहरूलाई परिवर्तन गर्ने गरी उठाउन ओलीले आग्रह गरे । 

पार्टी प्रतिपक्षमा रहेको अवस्थामा पनि सही बजेट ल्याउनका लागि सहयोग गर्न ओलीको निर्देशन थियो ।

“अध्यक्ष ओलीले सातै प्रदेशको प्रस्तुति सुन्दा कोसी प्रदेशबाहेक बजेट यथास्थितिमा पास गर्न लायक नरहेको देखिन्छ भन्नुभयो,” विज्ञप्तिमा भनिएको छ । 

कोसीमा एमाले नेतृत्वको सरकार छ । जहाँ प्रदेश सभा छलेर अध्यादेशबाट बजेट ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस