काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई गह जिल्ला ताप्लेजुङ प्रवेशमा रोक लगाइएको छ ।
ताप्लेजुङका पहिचानवादीहरूले जिल्ला प्रवेशमा निषेध गरेका हुन् ।
ताप्लेजुङका आदिवासी जनजाति महासङ्घ, किरात याक्थुङ चुम्लिुङ, किरात राई यायोख्खा, किरात धर्म साहित्य उत्थान सङ्घ, सुनुवार सेवा समाज, खस क्षेत्री एकता समाज, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बू विद्यार्थी सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै निषेध घोषणा गरेका हुन् ।
उनीहरूले जारी गरेको विज्ञप्तिमा आदिवासी जनजाति समुदायहरूलाई कानून विपरीत हिंसा गर्ने, पहिचानवादी समुदायहरूको न्यायिक आन्दोलनलाई जबरजस्त दबाउने क्रम जारी रहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र सचिव योगेश भट्टराईले गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति दिएका उल्लेख छ ।
