जिम्ब्वेविरुद्ध आसिफको अर्धशतक, कुशल शतक नजिक  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जिम्ब्वेविरुद्ध आसिफको अर्धशतक, कुशल शतक नजिक 


३ असार २०८०, आइतबार


काठमाडौँ । आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालका लागि आशिफ शेखले पनि अर्धशतक प्रहार गरेका छन्।

जिम्बाबेको हरारे रङ्गशालामा भइरहेको खेलमा नेपाली प्रारम्भिक ब्याटरले उत्कृष्ट प्रदर्शन गरेका छन्। आजको खेलमा यसअघि कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका थिए। उनी अहिले शतक नजिक छन् । 

त्यसलगत्तै अर्का प्रारम्भिक ब्याटर आसिफले पनि अर्धशतक प्रहार गरेका हुन्। एकदिवसीय क्रिकेटमा यो उनको नवौँ अर्धशतक हो।

उनले ८२ बलमा अर्धशतक प्रहार गरेका हुन्। जसमा चार चौका प्रहार गरे। नेपाल २८ ओभरमा १५० रन बनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस