जिम्बाबेविरुद्ध नेपाल ब्याटिङमा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जिम्बाबेविरुद्ध नेपाल ब्याटिङमा 


३ असार २०८०, आइतबार


काठमाडौँ । आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपाल ब्याटिङ गरिरहेको छ । 

घरेलु टोली जिम्बाबेले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको हो। जिम्बाबेको हरारेमा नेपाल र जिम्बाबेको खेल सुरु भएको छ।

नेपालको ‘प्लेइङ-११’ मा रोहित पौडेल, कुशल भुर्तेल, भीम सार्की, सन्दीप लामिछाने, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, सोमपाल कामी, करण केसी र गुल्सन झा छन्।

नेपालका लागि कुशल भुर्तेल र आशिफ शेख ब्याटिङ सुरु गरेका छन्।

दश टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालको समूहमा जिम्बाबे, वेस्ट इन्डिज, अमेरिका र नेदरल्यान्ड छन्।

Tags :
प्रतिक्रिया दिनुहोस